NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सुदूरपश्चिम प्रदेश १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा

काठमाण्डौं । १९ वर्ष मुनिको राष्ट्रिय क्रिकेट प्रतियोगितामा मधेश प्रदेशलाई पराजित गरी सुदूरपश्चिम प्रदेश एक खेल अगावै फाईनलमा पुगेको छ ।

फाईनलमा स्थान सुरक्षित गर्ने क्रममा सुदुरपश्चिमले मधेशलाई ७ विकेटले पराजित गरेको हो ।

मधेशले सुदुरपश्चिमलाई जितका लागि १ सय २३ रनको लक्ष्य दिएकोमा सुदुरपश्चिमले १८ दशमलव ५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा ग¥यो ।

टियु क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको मधेशले ३८ दशमलव १ ओभरमा अलआउट हुँदै १ सय २२ रन बनाएको थियो । पाँच खेलबाट सुदूरपश्चिमले १० अङ्क जोडेको छ ।

मधेश प्रदेश चार खेल अङ्कबिहिन रहँदै प्रतियोगिताबाट बाहिरिसकेको छ । प्रतियोगितामा प्रदेश–१, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश,कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको सहभागिता रहेको छ ।