NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सुनसरी–४ मा रोचक भिडन्त : एमालेविरुद्ध सञ्चारमन्त्री कार्कीलाई पुन: १५ मतको अग्रता

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत सुनसरी– ४ मा मतगणना रोमान्चक भइरहेको छ । झिनो मतका साथ बिहान कांग्रेसलाई एमालेले उछिनेको थियो ।

पछिल्लो मतगणना अनुसार पुनः सञ्चारमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता लिएका छन् । कार्कीले ३० हजार १२० को झिनो मतका साथ अग्रता लिएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार जगदीशप्रसाद कुसियैतले ३० हजार १०५ मतले पछ्याइरहेका छन् । कार्काी १५ मतान्तरले अगाडि रहेका छन् ।

त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जीवनकुमार श्रेष्ठले ३ हजार १६८ मत पाएका छन् । मतगणना अन्तिमतिर पुगेको मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले जानकारी दिए ।