NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सुनसरी–४ : १५८ मतको गणना बाँकी छँदा कार्कीलाई ६८ को अग्रता

काठमाडौं । सुनसरी–४ मा सुरुदेखि नै मतगणना निकै रोचक बन्दै आएको छ । सञ्चार मन्त्रीसमेत रहेका कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र एमालेका जगदीशप्रसाद कुसियैत यहाँ झिनो मतअन्तरमा अघि पछि हुने श्रृंखला चलिरहेको छ ।

मतगणना अन्तिम अन्तिम चरणमा आइपुग्दा भने यहाँ कार्की ६८ मतले अघि लागेका छन् । अब यो क्षेत्रमा गणना गर्न बाँकी मत मात्रै १५८ छ ।

कार्कीले ३० हजार २९९ मत हासिल गर्दा कुसियैतले ३० हजार २४१ मत पाएका छन् ।