NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

भुईं मान्छेका मान्छे हौं, संसद र सडक दुवैतिर हुन्छौं – रवि

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा नवनिर्वाचित सांसद रवि लामिछानेले आफूहरू संसद र सडक दुवैतिर हुने प्रतिबद्धा व्यक्त गरेका छन् ।

बिहीबार समाजिक सञ्जालमा फिल्डमा खटिएको फोटो पोस्ट गर्दै उनले सांसदको काम नीति निर्माण भएपनि काम गर्न र गराउन भने फिल्ममै खटिनुपर्ने बताएका हुन् ।

‘हामी भुईं मान्छेका मान्छे हौं, भुईं छोड्ने त कुरै आउँदैन नि । हामी आगो नलागोस् भन्ने कामना मात्रै गर्दैनौं, आगो लागिहाले निभाउन पनि पुग्छौं,’ उनले लेखेका छन्, ‘नीतिहरू कागजतमा मृत भएर बस्नु हुन्न, नागरिकले महसुस गर्ने गरी लागू पनि हुनुपर्छ । त्यसैले हामी संसद र सडक दुवैतिर छौं । हामी यस्तै छौं ।’

निर्वाचनको मतगणना सकिसकेको छैन । तर, रविलगायत केही सांसदहरू फिल्डमा उत्रिएर काम गर्न थालिसकेका छन् ।

रविले केही दिनअघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी अध्यक्ष कुलमान घिसिङलाई भेटेर चितवनको इच्छाकामना गाउँपालिकामा विद्युत पुर्याउने काम अघि बढाउने पहल थालेका छन् । त्यस्तै रसायनिक मलको समस्या समाधानका लागि पनि उनले छलफल थालेका छन्।