NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

अन्ततः सुनसरी–४ मा सञ्चार मन्त्रीकै पल्लाभारी, कुश्यैत पराजित

सुनसरी । सुनसरी–४ बाट सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले निकै कठिनपूर्ण जित निकालेका छन् । निकै कडा प्रतिस्पर्धामा कार्कीले एमालेका जगदीश कुश्यैतलाई रोक्दै संसदको यात्रा तय गरेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, कार्की ११२ मतको अन्तरमा विजयी भएका छन् । कार्कीले ३० हजार ४८३ मतसहित जित दर्ज गराउँदा ३० हजार ३७१ मतमा रोकिएर स्तब्ध भए ।

मंसिर ४ मा निर्वाचन सम्पन्न भएको केही समयपछि यहाँको मतगणना सुरु गरिएकोमा विवादपछि स्थगित हुन पुगेको थियो । आपसी सहमतिमा विवाद निरूपण भएपछि थालिएको गणनाको अन्तिम परिणाम निर्वाचन सकिएको ११ दिनपछि सार्वजनिक भएको हो ।

योसँगै कार्कीको संसदीय यात्राले निरन्तरता पाएको छ । मौजुदा मन्त्रिपरिषद्का केही सदस्यको संसदीय यात्रामा ब्रेक लागिरहेका बेला कार्कीले भने कठिन जित निकाल्दै यात्रा तय गरेका छन् । कार्की देउवाका विश्वासपात्र मानिन्छन् ।