NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो कारोबार दिनका तुलनामा प्रतितोल पाँच सय रूपैयाँले बढेको छ । बुधबार प्रतितोला ९७ हजार ६ सयमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ९८ हजार एक सय तोकिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ६ सय रूपैयाँ कायम छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९७ हजार एक सय थियो ।

त्यस्तै चाँदीको मूल्य पनि अघिल्लो कारोबारकाे तुलनामा आज ४० रूपैयाँले बढेर एक हजार ३३० पुगेको महासंघले जनाएको छ ।