NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता दिनु दुःखद : एमाले

काठमाडौं । स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङगो धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै एमालेका नेताहरूले आपत्ति जनाएको छ ।

निर्वाचन आयोगले मतगणना स्थगित भएको स्याङ्जा र बाजुरामा स्थलगत अवलोकनपछि पुनः मतदान गर्न नपर्ने निर्णय गरेको थियो । दोलखाको १० वटा केन्द्रमा पुनः मतदान भएको छ । मंसिर ४ मा भएको निर्वाचनमा कांग्रेसले सत्ताको चरम दुरुपयोग गरी बुथ कब्जा गरेको आरोप लगाउँदै एमालेले तीन जिल्लामा पुनः मतदान गर्न आयोगलाई पत्राचार गरेको थियो ।

तर एमालेको पत्रचारपछि दोलखामा बाहेक दुई जिल्लामा पुनः मतदान गर्न नपर्ने आयोगले निर्णय गरेपछि एमालेले आपत्ति जनाएको हो । बिहीबार एमालेका महासचिव शंकर पोखरेलले स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई आयोगले वैधता दिएकोमा आपत्ति जनाए ।

‘स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ’, पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

पोखरेललाई साथ दिँदै एमाले पोलिटब्यूरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले स्याङ्या र बाजुरामा सत्तापक्षको धाँधलीलाई आयोगले वैधता दिएकोमा आपत्ति जनाए ।

स्याङ्जा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नु दुःखद र गम्भीर विषय हो । कांग्रेसको लोकतन्त्र गजबको छ’, बिहीबार सामाजिक सञ्जाल फेसबुकमा बस्नेतले लेखेका छन्,’ ‘उ शक्तिशाली भएको ठाउँमा सधैं बुथ बब्जा र धाँधलीको सहारा लिन्छ । मरेका, विदेश गएकाा सबै मतदाताको भोट कार्यकर्ता र कतिपय ठाउँमा प्रहरी र कर्मचारीलेसमेत मत हालेर आफू जित्ने लोकतन्त्र बलियो बनाउने गजबको भाषण गर्दछ ।’

पार्टी सिस्टममा लोकतन्त्र सबैको जीवन पद्धतिको बिषय नबने सम्म यस्ता समस्या आइरहन्छ उनले बताए ।