NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जुम्लामा ओखर खेती बढ्दै

जुम्ला । जुम्लाका किसानहरुको दाँते ओखर खेती प्रति आकर्षित हुन थालेका छन् ।

जिल्लामा ओखर भण्डार गर्ने हावापानी अनुकुल हुँदा उनिहरु यसप्रति आकर्षित भएका हुन ।ओखर खेती बाटै किसानले २ लाख रुपैँया सम्म आम्दानी गरेका छन् ।

सुरुको चरणमा हुर्काउन दुःख भए पनि ओखरको बोट हुर्केपछि खासै दुःख नहुने जुम्लाका किसानहरु बताउँछन् ।

जुम्लाका ८ वटै स्थानीय तहमा यसको खेती हुँदै आएको छ । एकै बोटमा पाँच हजार रूपैयाँ सम्मको ओखर फल्ने गरेको उनीहरुको भनाइ रहेको छ ।