NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चिना बनाउन सिकाउने पुस्तक ‘कुण्डलीप्रकाश’

काठमाडाैं । नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेख्नुभएको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ ।

वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ ।

पुस्तक विमोचन गर्दै नेपाल प्रज्ञा–प्रतिष्ठानका निमित्त कुलपति डा जगमान गुरुङले विश्वविद्यालय, विद्यापीठले गर्नुपर्ने पुस्तक प्रकाशनको काम गरेर पाण्डेयले पूर्वीय दर्शनका लागि महत्वपूर्ण योगदान दिएकाे बताए ।

ज्योतिष विषयमा अध्ययन, अनुसन्धान गरेर पुस्तक लेख्नेक्रम बढाउनुपर्नेमा पनि उनले जोड दिएका थिए ।

कार्यक्रममा विद्यापीठका पूर्वप्राध्यापकसमेत रहेका नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी, पूर्वप्राध्यापकद्वय प्रा डा. ऋषिराम पौडेल र प्रा रामप्रसाद अधिकारीलाई लामो समय ज्योतिष शिक्षणमा योगदान दिएको भन्दै सम्मानित समेत गरिएको थियो ।