NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

लुम्बिनी प्रदेश १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा

काठमाडाैं । लुम्बिनी प्रदेश १९ वर्षमुनिको राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आज त्रिवि क्रिकेट मैदान किर्तिपुरमा भएको खेलमा मधेश प्रदेशलाई ५८ रनले पराजित गर्दै लुम्बिनी फाइनल पुगेको हो । लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य मधेसले भेट्टाउन सकेन ।

मधेश ४५ दशमलव ४ ओभरमा १ सय ६४ रनमा अलआउट भयो । त्यसअघि पहिले ब्याटिङ गरेको लुम्बिनीले ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाएको थियो ।

जितसँगै लुम्बिनी लगातार दोस्रो पटक फाइनल पुगेको छ । अब पर्सि सोमबार उपाधिको लागि लुम्बिनीले सुदूरपश्चिम प्रदेशसँग खेल्नेछ । प्रतियोगितामा सातै प्रदेशको सहभागिता छ ।

विजेताले २ लाख नगद र उपविजेताले १ लाख पाउने छन् ।