NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

राप्ती नदीमा डुबेर २ को मृत्यु

बाँके । राप्ती नदीमा डुबेर २ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ६ फत्तेपुरका २२ वर्षका कञ्चन थारू र १३ वर्षीया अर्चना थारू रहेको बाँके प्रहरीले जनाएको छ ।

शनिवार दिउँसो नदी तर्ने क्रममा बेपत्ता भएका उनिहरुको शव आज मात्रै प्रहरीले फेला पारेको हो ।