NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जाडो महिनामा अमला खानुका फाइदा यस्ता छन्

काठमाडाैं । जाडोमा अमलाको सेवन स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । अमलाका एक हैन अनेक फाइदा छन् । अमलामा भिटामिन सी प्रशस्त मात्रामा पाइन्छ । दिनहुँ अमलाको सेवन गर्दा मुटु रोगबाट बच्न सकिन्छ ।

अमलामा पाइने भिटामिन सीले एथेरोस्क्लेरोसिस जस्ता रोगलाई पनि शरीरबाट टाढा राख्छ, जसमा फ्याट, कोलेस्ट्रोल जस्ता फोहोर पदार्थ रक्तनलीमा जम्मा हुन थाल्छ ।

मुखमा अल्सरको समस्या भएका मानिसका लागि अमला निकै फाइदाजनक हुन्छ । यस्ता व्यक्तिले अमलाको जुस सेवन गर्नुपर्छ । यसका साथै अमलाको सेवनले दाँत र गिजालाई बलियो बनाउँछ ।

अमला शरीरको रोग प्रतिरोधी क्षमता बढाउने रामबाण उपाय हो । यसमा भिटामिन सी प्रचुर मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।

अमलामा क्रोमियम पनि पाइन्छ, जसको प्रयोगले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। अमलाको सेवन मधुमेह रोगीका लागि पनि निकै फाइदाजनक हुन्छ।

अमलामा यस्ता तत्व हुन्छन्, जसमा रगत सफा गर्ने गुण हुन्छ । अमलाको नियमनित सेवनले मानिसको छाला दागरहित मात्र होइन चम्किलो पनि बनाउँछ ।