NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्दै

काठमाडाैं । नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकले आज पनि निरन्तरता पाएको छ ।

निर्वाचनको समिक्षा सहित नयाँ सरकार गठनका विषयमा बैठकमा मिहिन ढंगले छलफल भइरहेको छ । शनिवार (हिजाे) को बैठकमा माओवादीले सरकारमा जान सबै विकल्पहरु खुल्ला भएको जनाएको थियो ।

उक्त निर्णयलाई नेकपा एमालेले सकारात्मक रुपमा लिएको थियो भने सत्ता गठबन्धनकै दल नेपाली कांग्रेसले भने असन्तुष्टि जनाएको थियो । माओवादी पार्टी कार्यालय  पेरिसडाँडामा अहिले छलफल भईरहेको छ ।