NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

सार्वजनिक वित्त व्यवस्थापन, यसका क्षेत्र र उद्धेश्य

काठमाडौं । लोक सेवा आयोगले कायम गरेको निष्पक्षताले जनतामा यसप्रतिको विश्वास बढाएको छ । त्यसैले यसले लिने परीक्षाप्रति आकर्षण बढ्दो छ । परीक्षामा राम्रो नतिजा हासिल गरी निजामती सेवा प्रवेश गर्ने सपना धेरैको हुन्छ । उचित तयारी र प्रस्तुति परीक्षाका अनिवार्य सर्त हुन् । यही अवस्थालाई मध्यनजर गरी नेपालवाच डटकमले पूर्वप्रशासक, प्रशासक र विषयविज्ञबाट समाधान पहिल्याउने प्रयास थालेको छ । आजको श्रृंखलामा सुमन खड्काले सार्वजनिक वित्त व्यवस्थापन, यसका क्षेत्र र उद्धेश्यबारे समाधान सुझाउनुभएको छ ।

सार्वजनिक वित्त व्यवस्थापन

सरकारको आय, व्यय र ऋणको परिचालन वा प्रवन्ध गर्ने पद्धति सार्वजनिक वित्त व्यवस्थापन हो । सरकारी उद्धेश्य हासिल गर्न राजश्व, खर्च र सरकारी सम्पति तथा दायित्वको सही परिचालन गर्ने माध्यम पनि सार्वजनिक वित्त व्यवस्थापन हो ।

अर्को अर्थमा सरकारका वित्तीय गतिविधिहरूको समग्र व्यवस्थापन नै सार्वजनिक वित्त व्यवस्थापन हो । सरकारका आर्थिक गतिविधिहरूमा श्रोतको प्राप्ति, श्रोतको वितरण, उपयोग र त्यसको परीक्षण आदि विभिन्न पक्षहरू रहेका हुन्छन् ।

सार्वजनिक वित्त व्यवस्थापनले सरकारले नीतिमा आधारित बजेट तर्जुमा गर्ने, स्रोत सही खर्चरपरिचालन गर्ने, पारदर्शी तबरले अभिलेखन, लेखाकंन र आर्थिक कारोबारको लेखापरीक्षण तथा नियन्त्रण र समयमा प्रतिवेदन गर्ने कार्य गर्दछ ।

यी सबै पक्षको समुचित व्यवस्थापनले एकातर्फ साधन श्रोतको विवेकपूर्ण उपयोगको सुनिश्चितता गर्दछ भने अर्कोतर्फ उत्तरदायित्व, पारदर्शिता, समग्र वित्तिय अनुशासन जस्ता पक्षहरूको उपस्थितिले सुशासन अभिवृध्दिमा सहयोग पुर्याउँदछ ।

सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र

सरकारको आय, व्यय र ऋणको परिचालन वा प्रवन्ध गर्ने सार्वजनिक वित्त व्यवस्थापनका क्षेत्रहरू निम्न रहेका छन् :

  •  सरकारी राजश्व, खर्च र ऋण व्यवस्थापन सम्वन्धी नीति तथा योजना तर्जुमा गर्ने
  •  बजेट तर्जुमा तथा कार्यान्वयन
  •  सम्पति तथा दायित्व व्यवस्थापन
  •  वैदेशिक सहायता व्यवस्थापन
  •  सार्वजनिक ऋण व्यवस्थापन
  •  वित्तिय व्यवस्थापन प्रक्रिया तथा संरचना
  •  सरकारी आर्थिक कारोबारको लेखाकंन र प्रतिवेदन गर्ने
  •  लेखापरीक्षण
  •  आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने ।

सार्वजनिक वित्त व्यवस्थापनको उद्धेश्य

  •  सरकारको श्रोत प्राप्ति, परिचालन र विवेकपूर्ण उपयोगमा सहयोग पुर्याउने ।
  •  सरकारले राजश्व, खर्च तथा ऋणको प्रभावकारी रूपमा व्यवस्थापन गर्ने ।
  •  आर्थिक स्थायित्व कायम राख्ने ।
  •  सरकारका प्रथामिकता प्राप्त तथा रणनीतिक महत्वका क्षेत्रहरूमा साधनको परिचालन गर्ने ।
  •  सरकारको योजना तथा बजेट तर्जुमा, कार्यन्वयन र अनुगमन तथा मूल्याकंन प्रणालीमा कार्यकुशलता अभिवृद्धि गर्ने ।
  •  वित्तीय क्षेत्रमा पारदर्शिता र उत्तरदायी संस्कारको विकास गर्ने ।
  •  उपलव्ध श्रोत साधनको समन्यायिक र विवेकपूर्ण वितरण र प्रयोग गर्ने गराउने ।
  •  समग्र वित्तीय अनुशासन कायम राख्ने ।
  •  प्रभावकारी सार्वजनिक वित्त व्यवस्थापनमार्फत सेवा प्रवाह, विकास निर्माण र सुशासनमार्फत देशको आर्थिक सामाजिक रूपान्तरणलाई प्रभावकारी र समृद्ध बनाउने लगायत ।

सारमा,

सार्वजनिक वित्त राज्य सञ्चालनको महत्वपूर्ण विषय हो । वित्त वा स्रोतबिना राज्य सञ्चालन हुन्छ न त विकास हुन्छ न त सेवा प्रवाह हुन्छ । त्यसैले सार्वजनिक वित्त व्यवस्थापनका सम्पूर्ण क्षेत्र र आयामहरूमा सार्वजनिक श्रोतहरुको प्राप्ति देखि परिचालनसम्मका समग्र पक्षमा प्रभावकारी व्यवस्थापन गरिनु पर्दछ ।

सन्दर्भ सामाग्रीहरू

सार्वजनिक वित्त व्यवस्थापनस् नेपालको योजना र बजेट प्रणाली, रुद्रप्रसाद भट्ट

संघीयतामा सार्वजनिक वित्त व्यवस्थापन, दामोदर रेग्मी

विभिन्न अनलाइन तथा छापा माध्यममा छापिएका लेख रचनाहरू

लोकसेवाका सम्पूर्ण समाग्री