नेपाल टेलिकमको प्रोत्साहन योजना, भौतिक कार्डमार्फत रिचार्च गर्दा नि:शुल्क डेटा

काठमाडौं । पछिल्लो समय मोबाइल प्रयोगकर्ताले अनलाइनबाटै मोबाइलमा धेरैजसो रिचार्ज गर्न थालेपछि नेपाल टेलिकमले भौतिक कार्ड प्रयोग गर्न प्रोत्साहन दिने योजना ल्याएको छ ।
भौतिक रिचार्ज कार्डको प्रयोग गर्ने उपभोक्ताको संख्या कम हुँदै गएपछि त्यसलाई बढाउन टेलिकमले अफलाइन कार्ड खरिद गरी रिचार्ज गर्ने उपभोक्ताका लागि नि शुल्क डेटा दिने भएको छ।
टेलिकमका अनुसार उपभोक्ताले २ सय रुपैयाँको रिचार्ज कार्ड प्रयोग गर्दा १ दिनका लागि १ जीबी डेटा निशुल्क पाउनेछन् । त्यस्तै ५ सय रुपैयाँको रिचार्ड कार्ड प्रयोग गर्दा ४ दिनसम्मका लागि ४ जीबी र हजार रुपैयाँको कार्ड प्रयोग गर्दा १० दिनसम्मका लागि १० जीबी डेटा दिने भएको छ ।
यो अफर मंसिर २० देखि पुस १९ गतेसम्म लागू हुने टेलिकमले जनाएको छ ।
ताजा अपडेट
-
वास्तुशास्त्र अनुसार घर बनाउँदा मुख्य गेटदेखि शौचालय कुन दिशामा राख्दा ठिक ?
-
राष्ट्रपतिको प्रमुख आतिथ्यमा टुँडिखेलमा घोडेजात्रा सम्पन्न
-
प्रचण्ड सरकार चलाउने जिम्मा कांग्रेसको हातमा आएको छ, राम्रोसँग व्यवस्थापन गर्नुपर्छ : कोइराला
-
दलीय संकीर्णताबाट माथि उठेर संक्रमणकालीन न्याय टुंग्याउँ : महामन्त्री थापा
-
उद्योगमा लगानी : ६२ वर्षमा २८ खर्ब
प्रतिक्रिया