NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ओखलढुङ्गामा प्रहरीकाे नयाँ भवन

ओखलढुङ्गा । जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले नयाँ भवन पाएको छ ।

१० करोड २० लाख ४४ हजार रुपैँयाको लागतमा निर्माण सम्पन्न भएको भवन सोमबारबाट संचालनमा आएको छ ।

नवनिर्मित भवनको एक कार्यक्रमकाबिच प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले उद्घाटन गरेका छन् ।

ओखलढुङ्गा पुगरे नयाँ भवनको उद्दघाटन गर्दै सिंहले प्रहरी संगठन जनताप्रति समर्पित एक कुशल र प्रतिबद्ध संगठन भएकाले यसलाई थप मजबुत, सक्रिय र जनमैत्री बनाउन नवनिर्मित भौतिक संरचनाहरुले ठूलो भूमिका खेल्ने बताए ।