NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

चोलेन्द्रलाई सर्वोच्च छिर्न नदिन बारको धर्ना

काठमाडाैं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई सर्वोच्च अदालत प्रवेश गर्न नदिन बारले गेटमा धर्ना दिन सुरु गरेको छ ।

संसद्का महासचिवले महाभियोग निष्प्रभावी बनाउने गरेकाे निर्णय असंवैधानिक भएको निष्कर्ष निकाल्दै सर्वोच्च बारले गेटमा धर्ना सुरु गरेको हो ।

नेपाल बार एशोसिएसनको भखरै सम्पन्न भएको बैठकले राणालाई अदालत प्रवेश गर्न नदिन रोक्नका लागि धर्ना दिने तयारी गरेको हो ।

अहिले सर्वोच्च परिसरमा वकिलहरुको बाक्लो उपस्थिति हुन थालेको छ ।