NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

चालु आवको पहिलो त्रैमासिकमा नेपाल लाइफको सबै सूचक सकारात्मक : यस्तो छ पाँच वर्षे तथ्यांक

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चालु आवको पहिलो त्रैमासिकमा सबै सूचक सकारात्मक देखिएको छ । गत आर्थिक वर्षमा भने अपरिस्कृत वित्तिय विवरण हेर्दा कम्पनी केही नोक्सानीमा गएको थियो । चालु आवमा भने कम्पनीले राम्रो मुनाफा कमाउन सफल भएको छ ।

वित्तिय विवरणअनुसार नेपाल लाइफले पहिलो तीन महिनामा १७ करोड ५७ लाख खुद मुनाफा कमाएको छ । जुन रकम गतआर्थिक वर्षको सोही अवधिको तुलनामा २३९८.२२ प्रतिशले वृद्धि हो । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७० लाख ३३ हजार मुनाफा कमाएको थियो ।

कम्पनीले पहिलो त्रैमासिकमा १० अर्ब ५ करोड ३ लाख बीमा शुल्क आर्जन गरेको छ । जुन गतवर्षको सोही अवधिको तुलनामा १.४३ प्रतिशतले वृद्धि भएको हो । गतवर्षको सोही अवधिमा कम्पनीको बीमा शुल्क ९ अर्ब ९० करोड ९० लाख थियो ।

पहिलो तीन महिनामा कम्पनीको चुक्ता पूँजी १४ प्रतिशतले बढेको छ । असोज मसान्तसम्ममा कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड ७९ लाख पुगेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीको चुक्ता पूँजी ७ अर्ब १९ करोड ९९ लाख थियो ।

कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड १८ लाख पुगेको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलानमा १२९.४ प्रतिशतले वृद्धि हो । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीको जगेडा कोषमा ८६ करोड ९६ लाख थियो ।

कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड ६२ लाख रुपैयाँ रहेको छ । गतआर्थिक वर्षको सोही अवधिमा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब ७५ करोड ९४ लाख थियो ।

कम्पनीको प्रति शेयर आम्दानी ८ दशमलव ५६ रुपैयाँ रहको छ । त्यस्तै प्रति शेयर नेट्वर्थ १३४ रुपैयाँ ३९ पैसा छ । पहिलो त्रैमासिकमा कम्पनीले ३ अर्ब ९६ करोड कुल दावी भुक्तानी गरेको छ । कम्पनीले १ अर्ब ३२ करोड दावी भुक्तानी गर्न बाँकी छ ।

यस्तो छ नेपाल लाइफको पाँच वर्षे सूचांक :

चुक्तापूँजी

पाँच आर्थिक वर्षको तथ्यांक हेर्दा कम्पनीको चुक्तापुँजीमा वृद्धि हुँदै गएको देखिन्छ । आव ०७४/७५ को पहिलो त्रैमासिकमा कम्पनीको चुक्तापुँजी ३ अर्ब ९ करोड रुपैयाँ थियो । आव ०७८/७९ मा चुक्तापुँजी ७ अर्ब १९ करोड पुगेको छ । चालु आवको सोही अवधिसम्म आइपुग्दा कम्पनीको चुक्तापुँजी ८ अर्ब २० करोड पुगिसकेको छ ।

जगेडा कोष

संस्थाको नाफावा मुनाफाबाट छुट्याएको रकम वा सो रकमबाट खडा गरेको कोषलाई जगेडा कोष भनिन्छ । जगेडा कोष कम्पनीको वित्तिय अवस्था बलियो बनाउनको लागि तथा भैपरी आउने जोखिमलाई मध्यनजर गरी खडा गर्ने गर्दछन् । जगेडा कोषमा रकम छुट्याउँदा कम्पनीको आन्तरिक वित्तिय क्षमता बढ्न जान्छ र यसले सेयर धनीले लाभांशको रुपमा प्राप्त गर्ने रकममा कमी ल्याउँदछ । जगेडा कोषमा रहेको रकममा सेयरधनीको हक लाग्छ ।

आर्थिक वर्ष ०७४/७५ को असोजसम्ममा कम्पनीको जगेडा कोष ४ अर्ब ८६ करोड सञ्चित रहेको छ । आव ०७४/७५ र ७६/७७ को सोही अवधिमा जगेडा कोषमा रकम घटेको देखिन्छ । ०७७/७८ आउँदा जगेडा कोषमा त्यसभन्दा अघिको आवको तुलनामा रकम बढेको छ भने ०७८/७९ मा घटेर ८६ करोडमा झरेको छ । चालु आवको पहिलो त्रैमासिकसम्म भने कम्पनीको जगेडा कोषमा १ अर्ब ९९ करोड रकम सञ्चित भएको छ ।

जीवन बीमा कोष

जीवन बीमा कोष कम्पनीको आर्थिक आकारको सूचांक मानिन्छ । कम्पनीको जीवन बीमा कोषमा राम्रो रकमजम्मा गर्न कम्पनी सफल भएको देखिन्छ । कम्पनीले आव ०७४/७५ को पहिलो त्रैमासिकमा ९४ अर्ब ८२ करोड रकमजम्मा गरेको थियो । आव ०७९/८० को सोही आवमा आइपुग्दा कम्पनीको जीवन बीमा कोषमा १ खर्ब ४२ अर्ब ८ करोड जम्मा भइसकेको छ ।

खुद नाफा

कम्पनीले आर्जन गरेको कुल आम्दानीबाट कुलखर्च घटाएर बाँकी रहेको रकम नै खुद नाफा हो । कम्पनीले हरेक आर्थिक वर्षमा खुद नाफा बढाउँदै लगेको देखिन्छ भने आव ०७८/७९ मा कम्पनीको खुद नाफा ७० लाखमात्रै छ । चालु आवको पहिलो त्रैमासिकमा आइपुग्दा कम्पनीले १७ करोडभन्दा बढी खुद नाफा आर्जन गरेको छ ।

खुद बीमा शुल्क


कम्पनीको खुद बीमा शुल्कआर्जन पनि राम्रो देखिन्छ । चालु आवको पहिलो त्रैमासिकमा ३ अर्ब ७५ करोड खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आव ०७८/७९ को सोही अवधिमा आइपुग्दा ९ अर्ब ७४ करोड खुद बीमा शुल्क आर्जन गरेको छ । चालु आवको प्रथम त्रैमासिक सम्ममा कम्पनीले ९ अर्ब ९३ करोड खुद बीमा शुल्क आर्जन गरेको तथ्यांक छ ।
कुल बीमा शुल्क

जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जनलाई त्यो कम्पनीको वित्तिय अवस्था वुझ्ने एउटा उत्तम सूचांक मानिन्छ । कम्पनीको पाँच आर्थिक वर्षको तथ्यांक केलाउँदा हरेक वर्ष बीमा शुल्क संकलन बढ्दै गएको छ । कम्पनीले आव ०७४÷७५ को पहिलो त्रैमासमा ३ अर्ब ८० करोड १५ लाख रुपैयाँ बराबर कुल बीमा शुल्कआर्जन गरेको छ । आव ०७५/७६ पहिलो त्रैमासिकमा कम्पनीको बीमा शुल्क आर्जन बढेर ५ अर्ब ४८ करोड, आव ०७६/७७ को सोही त्रैमासिकमा ७ अर्ब ९२ करोड, आव ०७७/७८ मा ८ अर्ब ९९ करोड, ०७८/७९ मा ९ अर्ब ९० करोड रहेको छ । चालु आवको पहिलो त्रैमासिकसम्म आइपुग्दा कम्पनीले १० अर्ब ५ करोडभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ ।

खुद दाबी भुक्तानी

कम्पनीले दुई आर्थिक वर्षबाहेक अन्य आर्थिक वर्षमा दाबी भुक्तानीमा वृद्धि गर्दै लगेको छ । आव ०७५/७६ र ०७६/७७ मा कम्पनीले अरु वर्षमा भन्दा कम दाबी भुक्तानी गरेको छ । आव ०७८/७९ को असोजमा कम्पनीले ४ अर्ब २६ करोड खुद दाबी भुक्तानी गरेको छ भने चालु आवको सोही अवधिमा ४ अर्ब ३५ करोड खुद दाबी भुक्तानी गरेको छ ।