NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

दोहोरो अंकले घट्यो नेप्से, सानिमा बैंकको सर्वाधिक कारोबार

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १६.६१ अंकले घटेर १९१७.२८ मा कायम भएको छ ।

नेप्से परिसूचक घटेपनि कारोबार रकम बढेको छ । आज दुई सय ४६ वटा कम्पनीको २० हजार ३१ पटकमा ८० लाख ९२ हजार ७१९ कम्पनीको सेयर खरिदबिक्री हुँदा कुल १ अर्ब ६५ करोड ४६ लाख ६२ हजार ५५० रूपैयाँको कारोबार भएको छ ।

आज होटल तथा पर्यटनसमूहका बाहेक सबै समूहका उपसूचक घटेका छन् । होटल तथा पर्यटन ०.०१ प्रतिशतले बढेको छ ।

सबैभन्दा धेरै बैंकिङ समूहको उपसूचक १.२८ प्रतिशतले घटेको छ । त्यस्तै वित्त १.२७, विकास बैंक ०.९०, जलविद्युत ०.६२, लगानी ०.२९, जीवन बीमा ०.९०, उत्पादन १.१०, लघुवित्त ०.२३, म्युचल फण्ड ०.२३, नीर्जीवन ०.४८ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा सबैभन्दा धेरै सानिमा बैंक लिमिटेडको शेयर मूल्य सर्वाधिक ६७ करोड २ लाख ९३ हजार रूपैयाँको कारोबार भएको छ । त्यस्तै शिभम सिमेन्ट १३ करोड ८५ लाख ५४ हजार, नबिल बैंक ४ करोड ५२ लाख ८७ हजार, हिमालयन डिष्टिलरी ३ करोड ७९ लाख ४२ हजार र रिदी पावर कम्पनीको ३ करोड ३२ लाख ७५ हजार रूपैयाँको कारोबार भइ शीर्ष ५ मा प्रवेश गरेका छन् ।

आज खप्तड लघुवित्तका लगानीकर्ताले सर्वाधिक ६.०९ प्रतिशतले कमाएका छन् । कुमारी धनवृद्धि योजना ५.१५, ग्रीन भेन्चर ४.४२, नेशनल माइक्रोफाइनान्स ३ र सानिमा लार्ज क्यापका लगानीकर्ताले २.५३ प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै नडिप लघुवित्तका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले गुमाएका छन् ।