NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

कोटेश्वर–बल्खु सडकखण्डमा सवारी चलाउँदै हुनुहुन्छ ? यी हुन् बढी दुर्घटनाग्रस्त ११ क्षेत्र

काठमाडौं । सडक दुर्घटना अकल्पनीय घटना हो । यो कहाँ र कतिबेला हुन्छ भनेर कसैलाई थाहा हुँदैन । तर मुख्य सडकमा भने दिनहुँ दुर्घटनाका समाचार हामी सुनिरहेका हुन्छौं ।

नेपालमा पछिल्लो समय सडक दुर्घटना कम हुँदै गएको तथ्यांकमा देखिएपनि उल्लेख्य रूपमा सडक दुर्घटनामा कमी आउन सकेको छैन । अहिले पनि सडक दुर्घटनामा धेरैले ज्यान गुमाउनु परेको छ भने धेरैले अंगभंग भएर बाँच्नुपरेको स्थिति छ ।

तीव्र गति, मादकपदार्थको सेवन गरी सवारी चलाउने, चालकको लापरवाहीलगायतका कारण बढी मात्रामा सवारी दुर्घटना हुने गरेको छ । सडक दुर्घटना हुनुमा सडक र सवारीको अवस्था पनि अर्को मुख्य कारण हो । तीबाहेक सवारीको क्षमताभन्दा बढी यात्रु बोक्नु, जथाभावी यात्रु चढाउनु र ओराल्नु, लेन अनुशासन पालना नगर्नु, जथाभावी बाटो काट्नु, हेलमेट नलगाइ सवारी चलाउनुजस्ता सवारी दुर्घटनाका कारणहरू हुन् ।

मुख्य सडकखण्ड, हाइ वे, गल्ली जहाँपनि सडक दुर्घटना हुने सम्भावना हुन्छ । उपत्यकाका सडकखण्डकै कुरा गर्ने हो भने बढी दुर्घटना हुने ठाउँ कलंकी, कोटेश्वर, ग्वार्को, भक्तपुरलगायतका क्षेत्र हुन् । तीमध्ये बढी दुर्घटना क्षेत्र कोटेश्वर– बल्खु सडकखण्ड एक हो ।

बढी दुर्घटना हुने क्षेत्र (ब्ल्याक स्पोट)

कोटेश्वर– बल्खु सडकखण्डमा ११ ठाउँ बढी दुर्घटना क्षेत्र भनेर प्रहरीले जनाएको छ । ट्राफिक प्रहरीकाअनुसार कोटेश्वर बालकुमारी, ग्वार्को चोक, बि एण्ड बी, एकान्त कुना, नख्खु दोबाटो, यातायात कार्यालय ओरालो, सानेपा, बागडोल, नयाँ बाटो र स्टार अस्पातल क्षेत्र बढी दुर्घटना हुने क्षेत्र हो । यी क्षेत्रमा दुर्घटना बढी हुने भएकाले सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।

तीन वर्षमा एक हजार सवारी दुर्घटना, ४८ जनाले ज्यान गुमाए

पछिल्लो तीन आर्थिक वर्षको अवधिमा काठमाडौंका कोटेश्वर–कलंकी सडकखण्डमा एक हजारभन्दा बढी सवारी दुर्घटना भएका छन् । तथ्यांकअनुसार तीन आर्थिक वर्षमा उक्त सडकखण्डमा एक हजार ४५८ सवारी दुर्घटना भएको छ । सो सवारी दुर्घटनामा ४८ जनाले ज्यान गुमाएका छन् । त्यस्तै सो अवधिमा ४९ जना गम्भीर घाइते भएका छन् । साथै एक हजार २५६ जना साधारण घाइते भएको तथ्यांक छ । तथ्यांकअनुसार कलंकी सडकखण्डमा दुर्घटनाको भयवाह स्थिति देखिन्छ । दुर्घटनामा ज्यान गुमाउने १६ देखि ३५ वर्ष उमेर समूहका युवाहरु बढीभएको प्रहरीले जनाएको छ ।

यस्तो छ तथ्यांक :

सबैभन्दा बढी मोटसाइकल दुर्घटना

कोटेश्वर–कलंकी सडकखण्डमा मोटसाइकल दुर्घटना बढी देखिएको छ । तीन आर्थिक वर्षमा १ हजार १६५ मोटसाइकल दुर्घटनामा परेको छ। आर्थिक वर्ष ०७७/७८ मा ६६२ मोटसाइकल दुर्घटना भएको छ । त्यस्तै आव ०७८/७९ मा ३८३ र आव७९/८० मा १२० मोटरसाइकल दुर्घटनामा परेको तथ्यांक छ ।

बढी सवारी दुर्घटना हुने दोस्रोमा कार दुर्घटना रहेको छ । तीन आर्थिक वर्षमा उक्त सडक खण्डमा ७७३ कार दुर्घटनामा परेका छन् । आव ०७७/७८ मा ३९०, आव ०७८/७९ मा २९३ र आव ०७९/८० मा ९० कार दुर्घटनामा परेका छन् ।

तीन आर्थिक वर्षमा ट्रक १६८, बस १६३, टिपर ६४, ट्याम्पो १६, माइक्रो १५, टयक्टर ३ दुर्घटना भएको छ ।

यस्तो छ तथ्यांक :