NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

पेरुको राजनीतिमा नाटकीय उथलपुथल, महाभियोगलगत्तै राष्ट्रपति हिरासतमा

काठमाडौं (एजेन्सी) । पेरुको राजनीतिमा नाटकीय उथलपुथल आएको छ । राष्ट्रपति पेड्रो कास्टिलोले संसद् विघटनको प्रयास गरेसँगै त्यहाँको राजनीति तीव्र रूपमा तरंगित बनेको हो ।

आफ्नो राजनीतिक सुरक्षा निम्ति पेड्रोले संसद् विघटनको प्रयास गरेका थिए । जुन उनका लागि महँगो परेको छ ।  राजनीतिक दलहरूले उनीविरुद्ध दर्ता गरेको महाभियोग प्रस्ताव पारित भएसँगै उनी पदमुक्त भएका छन् । महाभियोग प्रस्तावमाथि बुधबार संसदमा भएको मतदानमा १०१ ले पेड्रोको विपक्षमा मतदान गरे भने ६ सांसद राष्ट्रपतिको पक्षमा उभिए । १० सांसद भने यो प्रक्रियामा सहभागी नै बनेनन् ।

नाटकीय घटनाक्रमबीच पूर्वउपराष्ट्रपति डिना बोल्वार्टेलाई राष्ट्रपतिमा नियुक्त गरिएको छ । उनले बुधबार नै पद तथा गोपनीयताको शपथ लिएकी छन् ।

पेसाले वकिल ६० वर्षीया बोलुआर्टेले पदभार सम्हालेपछि सन् २०२६ को जुलाईसम्म राष्ट्रपति रहने बताइन् । क्यास्टिलोको कार्यकाल पनि सोही समयमा समाप्त हुन लागेको थियो ।

सपथ ग्रहणपछि, बोलुआर्टेले देशलाई वर्तमान संकटबाट बाहिर निकाल्न सहमति र सहकार्यमा जोड दिइन् ।

बुधवार कास्टिलोले राष्ट्रिय टेलिभिजन सम्बोधन गर्दै आपतकालीन अवस्थाको घोषणा गरेपछि पेरुको राजनीतिमा एकाएक नाटकीय परिवर्तन देखापरेको थियो।

अमेरिकाले पनि क्यास्टिलोलाई आफ्नो निर्णय फिर्ता लिन आग्रह गरेको छ । यसपछि, पेरुभियन पुलिस र सशस्त्र बलले एक संयुक्त विज्ञप्ति जारी गर्‍यो जसमा उनीहरूले संवैधानिक आदेशप्रति सम्मान व्यक्त गरेका थिए।

कास्टिलोले २०२१ को जुलाईमा राष्ट्रपतिको पदभार ग्रहण गरेका थिए। त्यसयता उनीमाथि तीन पटक महाभियोग लगाइएको छ ।

विपक्षी दलहरूले बुधबार आपतकालीन बैठक बोलाएर महाभियोग प्रस्तावमा मतदान गराएका थिए ।

 

 

ताजा अपडेट

नेपालवाच विशेष