NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

आणबिक युद्धको खतरा बढ्दै गएको छ : पुटिन

काठमाडौं (एजेन्सी) । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आणबिक  युद्धको खतरा बढ्दै गएको बताएका छन् । यद्यपि, उनले रसियाले आणबिक हतियार प्रयोग गर्न नचाहेको खुलाए ।

यस वर्षको फेब्रुअरीमा युक्रेनमाथि हमलापछि रुसले आणबिक हतियारको प्रयोग गर्ने आशंका बलियो हुन थालेको छ ।

‘यसको खतरा साँच्चै बढिरहेको छ, यसलाई लुकाउनु गलत हुनेछ,’ उनले भने ।

उनले कुनै पनि हालतमा रसियाले आणबिक हतियार प्रयोग गर्न पहल नगर्ने र यसको भण्डारबाट कसैलाई पनि धम्की नदिने बताए।

पुटिनले भने, ‘हामी पागल होइनौं, हामीलाई थाहा छ आणबिक हतियार के हो।’ रुससँग विश्वकै सबैभन्दा आधुनिक आणबिक हतियार रहेको दाबी पनि पुटिनले उक्त अवसरमा गरे ।

आफ्नो देशले आणबिक हतियार अरु कुनै देशमा तैनाथ नगरे पनि अमेरिकाले टर्की र युरोपका धेरै देशमा तैनाथ गरेको उनले आरोप लगाए ।

रुसको मानवअधिकार परिषद्को वार्षिक बैठक बोल्दै उनले जारी युक्रेन युद्ध लामो समयम्म लम्बिन सक्ने बताए ।

गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि आक्रमण गरेर उद्घोष गरेको युद्धको अन्त्यहीन श्रृखला जारी छ । योबीचमा रुसले केही स्थानमा कब्जा जमाएकोमा गत महिना युक्रेनको खेरसन सहरबाट फिर्ता भएको थियो । फेब्रुअरीमा भएको आक्रमणपछि रुसी नियन्त्रणमा आएको यो एकमात्र प्रमुख सहर थियो।

यो हप्ता रुसले फेरि युक्रेनको पावर ग्रिडलाई लक्षित गरी मिसाइल आक्रमण सुरु गरेको छ ।