NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

राष्ट्र बैंक विरुद्ध व्यावसायी आन्दोलित

काठमाडौं । राष्ट्र बैंकको कसिलो मौद्रिक नीतिका कारण समस्या परेको भन्दै उद्योगी व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् ।

आज धनुषाको ढल्केबरमा उद्योगी व्यापारीहरुले नेपाल सरकार तथा नेपाल राष्ट्र बैंक विरुद्ध चर्को नाराबाजी गरेका हुन ।

प्रदर्शनमा उनिहरुले व्यापारीहरुले मौद्रिक नीति परिमार्जन गर, चालु पुँजी कर्जा मार्गदर्शन स्थगन गर, व्यवसाय गरी खान देउ जस्ता प्ले कार्ड लेखिएका नाराहरु बोकेका थिए ।

सरकारले उद्योगी व्यवसायीमाथि अत्याचार गरेको भन्दै आफुहरु बाध्य भएर आन्दोलन गर्नु परेको मिथिला उद्योग वाणिज्य संघ ढल्केवरका अध्यक्ष सन्तोष साहले बताए ।

राष्ट्र बैंकले मौद्रिक नीति नसच्याए आफुहरुको चरणबद्ध आन्दोलन जारी रहने पनि उनले जनाए ।