NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

ओलीले के मा खर्च गरे १८ लाख ?

झापा । झापा क्षेत्र न ५  एमालेटबाट प्नतिनिधि सभा सदस्यमा निर्वाचित केपी शर्मा ओलीले आफ्नो चुनावी खर्च विवरण बुझाएका छन् ।

जिल्ला निर्वाचन कार्यालय झापामा मंगलबार ओलीले आफ्ना प्रतिनिधिमार्फत खर्च विवरण बुझाएका हुन् । ओलीले चुनावी खर्च विवरणमा १८ लाख ८२ हजार ५० रुपैयाँ खर्च भएको विवरण बुझाएका छन् ।

उक्त रकम प्रचार सामाग्री छपाइ, यातायात, खाजा खाना, सम्पर्क कार्यालय स्थापना लगाएको शीर्षकमा खर्च गरेको विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय झापाका सुचना अधिकारी प्रकाश न्यौपालेले बताए ।

झापा क्षेत्र नम्बर ५ मा ३१ लाख रुपैयाँसम्म चुनावमा खर्च गर्न पाउने प्रावधान थियो । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र उम्मेदवारहरुले आफ्नो खर्च विवरण बुझाइसक्नु पर्ने प्रावधान छ ।

ताजा अपडेट

नेपालवाच विशेष