नेता निधि र स्वीस राजदूतबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधि र नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन क्यापिलरबीच शिष्टाचार भेटवार्ता भएको छ ।
निधि निवास नयाँबानेश्वरमा बिहीबार भएको भेटमा हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, संविधान कार्यान्वयनलगायतका विषयमा कुराकानी भएको थियो ।
स्वीस राजदूत एलिजावेथले नेपालको संघीय शासन प्रणाली र संविधानको सफल कार्यान्वयनका लागि सहयोग गर्न स्वीस सरकार सधैँ तयार रहेको बताउनुभएको नेता निधिको सचिवालयले जनाएको छ ।
नेता निधिले संघीयता र नेपालको विकासमा स्वीस सरकारले गरेको सहयोगका लागि धन्यवाद दिए । भेटमा स्वीस राजदूतले नेपालमा कृषि, जलविद्युतलगायत क्षेत्रमा थप लगानी भित्र्याउन लगानीमैत्री वातावरणमा जोड दिए ।
नेता निधिले अल्पविकसित मुलुकको सूचीबाट स्तरोन्नतिको तयारीमा रहेको नेपालको विकास निर्माणमा स्वीस सरकारको थप सहयोगका लागि आग्रह गरेका थिए ।
ताजा अपडेट
-
गृहमन्त्रीको एक्सनः कांग्रेस सांसद दीपक खड्काको रेष्टुरेन्ट र पार्टी प्यालेस सिल
-
सहसचिव तामाङ ५० हजार धरौटीमा छुटे
-
त्रिभुवन विमानस्थलको विमानमा एक किलो सुन भेटियो, तस्कर फरार !
-
सेटिङ मिलाएर घुस खाने प्रहरीलाई चार महिना कैद
-
छोटुलाल शर्माको इमान्दारीताः जसले बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाए
प्रतिक्रिया