NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

व्यवसायीहरु व्यवसायमा हुनुपर्छ सडकमा आउने होइन : अर्थमन्त्री शर्मा

काठमाडाैं । अर्थमन्त्री जनार्दन शर्माले सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक रोज्न नहुने बताएका छन् । बिहीबार आयोजित ‘फिन इलेक्ट्रो टेक २०२२’  कार्यक्रमको अवसरमा उनले सो बताएका हुन् ।

‘सरकार नीति निर्माण गर्न निजी क्षेत्रसँग सहकार्य गर्न तयार हुँदाहुँदै व्यवसायीहरुले सडक किन रोज्ने ? अहिले चुनाव सकिएको छ । पाँच वर्षका चुनावका उठ्ने भए सडक आन्दोलन पछि गर्नुहोला । सडकमा आन्दोलन गर्ने व्यवसायीहरुको काम होइन । अहिले व्यवसायीहरु उत्पादन व्यवसायमा लाग्नुस् ।’  उनले भने । कार्यक्रममा अर्थमन्त्री शर्माले अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न निजी क्षेत्र,राष्ट्र बैंक, वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयका प्रतिनिधि राखेर कार्यदल बनाउन जिम्मा दिएको बताए  ।

साथै अर्थ मन्त्रालयले उद्योगी व्यवसायीका कुरा सुनेर जिम्मा दिएको उनको भनाइ छ ।

‘बैंकको ब्याजदर वृद्धि, चालु पुँजी कर्जा निर्देशिकाको सन्र्दभमा सरकारले गम्भिरतापूर्वक छलफल गरिरहेको छ । व्यवसायीहरुको समस्यालाई समाधान गरेर सहज बनाउने विषयमा प्रधानमन्त्रीले चासो राख्नुभएको छ । समस्या समाधान गर्दै अर्थतन्त्रलाई बलियो बनाउने कुरा गर्नुपर्छ । निजी क्षेत्र निराश भयो, अर्थतन्त्र संकटमा छ भनेर अभिव्यक्ति नदिनुस् ।’

ताजा अपडेट

नेपालवाच विशेष