NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

नेपालद्वारा स्कटल्याण्डसमक्ष १ सय २० रनको लक्ष्य प्रस्तुत

काठमाडाैं । विश्वकप क्रिकेट लिग टूको त्रिदेशीय सिरिज अन्तर्गतको आफ्नो अन्तिम खेलमा नेपालले स्कटल्याण्डलाई १ सय २० रनको लक्ष्य दिएको छ ।

नामिबियामा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३५ ओभर ३ बलमा अलआउट हुँदै १ सय १९ रन मात्र बनायो ।

नेपालका कप्तान रोहित पौडेलले सबैभन्दा धेरै ४७ रन बनाउनुभयो । सिरिजमा दुबै देश चौथो खेल खेल्दैछन् ।

तेस्रो खेलमा स्कटल्याण्ड र नेपाल नामिबियासँग पराजित भएका थिए ।

शृंखलामा नेपाल, नामिबीया तथा स्कटल्याण्ड सहभागी छन् । ७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २३ खेलमा १८ अङ्कसहित छैठौं स्थानमा छ भने स्कटल्याण्ड भने ३१ खेलमा ४४ अङ्कका साथ पहिलो स्थानमा रहेको छ ।