NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महाभियोग प्रस्तावको संवैधानिक इजलासमा सुनुवाइ सुरु

काठमाडाैं । सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाभियोग प्रस्ताव निष्प्रभावी भएको भन्दै संघीय संसदका महासचिवले दिएको पत्र विरुद्धको रिट नेवेदनमा सर्वोच्चमा सुनुवाइ सुरु भएको छ ।

संवैधानिक इजलासमा उक्त विवादको पेसी तोकिएको हो ।

कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वमा गठन भएको इजलासमा न्यायाधीशहरु आनन्दमोहन भट्टराई, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा र अनिलकुमार सिन्ह रहेका छन् ।

अहिले सर्वोच्च अदालतका बार एशोसीएसन अध्यक्ष वरिष्ठ अधिवक्ता पुर्णमान शाक्यले बहस सुरु गरेका छन् ।