NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

महासचिव गौतम सर्वोच्चलाई जवाफ दिन परामर्शमा

काठमाडाैं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई निलम्बन फुकुवाको पत्र दिएका संघीय संसद सचिवालयका महासचिव भरतराज गौतम परामर्शमा जुटेका छन् ।

गौतमले राणालाई निलम्बन फुकुवा भएको बुधबार पत्र दिएका थिए ।

पत्र सार्वजनिक भए लगत्तै सर्वोच्चका न्यायाधीशहरुको पुर्ण बैठकले पत्रमा केही प्रष्ट हुनुपर्ने भन्दै महासचिवलाई पत्र लेखेको थियो ।

संसद सचिवालय श्रोतका अनुसार राणाको महाभियोग निष्प्रभावीको पत्र पठाउँदा आफुहरुसँग छलफल नगरेको भन्दै संसदका सचिवालयका  अधिकारीहरु महासचिव गौतमसँग रुष्ट भएका छन् भने परामर्शका लागि पनि उनलाई सहयोग गरेका छैनन् ।