NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

डिभोर्सपछि पूर्वपत्नीसँग कार्यालयमा पूजामा देखिए आमिर

एजेन्सी । बलिउड अभिनेता आमिर खान पूर्व पत्नी किरण राओसँग एकसाथ पूजा गर्दै गरेको अवस्थामा देखिएका छन् ।

सामान्यतया सम्बन्ध विच्छेदपछि दम्पतिलाई एकसाथ विरलै देखिन्छ । आमिर र किरण भने कार्यालयमा भएको पूजामा एकसाथ सरिक भएका हुन् ।

उनीहरूसँगै आमिरका छोरा जुनैद र कार्यालयका अन्य सदस्य पनि पूजामा सहभागी भएका थिए ।

आमिर र किरणले गत वर्ष सम्बन्ध विच्छेद गरेका थिए । १५ वर्ष लामो वैवाहिक सहकार्यलाई उनीहरूले आपसी समझदारीमा टुंगाएका हुन् । यद्यपी उनीहरूले छोरा आजाद राओ खानलाई दुवै मिलेर हुर्काउने र छुट्टि मनाउनेबारे सहमति गरेका छन् ।

आमिरले केही समयअघिमात्रै परिवारसँग समय बिताउने भन्दै केही समय फिल्ममा काम नगर्नेबारे पनि घोषणा गरिसकेका छन् । ३५ वर्ष लगातार काम गरेका आमिरले केही समय ‘ब्रेक’ लिने निर्णय गरेका हुन् ।