NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

एमाले सचिवालय बैठक बस्दै, समानुपातिक सांसद र सरकार मुख्य एजेन्डा

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज पनि बस्ने भएको छ । प्रतिनिधिसभाको समानुपातिकतर्फको टुंगो लगाउन तथा सरकारमा सहभागी हुने या नहनेबारे छलफल गर्न एमाले बैठक बस्न लागेको हो ।

एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले शुक्रवार स्थगित अहिले बिहान ११ बजे पार्टी कार्यालय च्यासलमा बस्न लागेको जानकारी दिए ।

प्रतिनिधिसभातर्फ समानुपातिक सदस्यमा क–कसलाई पठाउने भन्नेबारे आजको बैठक केन्द्रित हुने बताइएको छ । समानुपातिकतर्फ आकांक्षी धेरै भएकाले एमालेलाई यसको व्यवस्थापन गर्न पेचिलो देखिएको छ ।

नेता रिजालका अनुसार, सरकारको सहभागिताको विषयमा पनि छलफल हुनेछ । निर्वाचन सम्पन्न भएपछि देश नयाँ सरकार गठन गर्नुपर्ने चरणमा आइपुगेको छ । तर अहिलेसम्म यसबारे एमाले अनिर्णित नै छ ।