NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

मानव अधिकार उपभोग अझै चुनौतीपूर्ण : आयोग

काठमाडाैं । मानव अधिकार आयोगले जातीय भेदभाव, बोक्सी, छाउपढी, बालविवाह र दाईजो जस्ता हानिकारक परम्परागत अभ्यासहरूबाट नेपाली समाज अझै मुक्त हुन नसकेको जनाएको छ ।

आयोगले हालै सर्वजनिक गरेको वार्षिक प्रतिवेदनमा मानवअधिकार उल्लङ्घनको अवस्था उल्लेख गर्दै यस्तो जनाएको हो । जसका कारण मानव अधिकार उपभोगमा चुनौती श्रृजना भएको प्रतिवेदनमा उल्लेख छ ।

यसैबिच आर्थिक वर्ष २०७८÷७९ मा मानवअधिकार उल्लघनका एक सय एक वटा उजुरी मानवअधिकार आयोगमा दर्ता भएका छन् । यस अवधिमा चार सय १४ उजुरीमाथी निर्णय गरेको छ ।

जसमध्ये ६ वटा नितिगत सिफारिस रहेका छन् । आयोगले मानव अधिकार सम्बन्धी विषयमा एक सय २१ पटक अनुगमन गरिएको पनि जनाएको छ ।