NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

यी हुन एमालेले आयोगमा पठाएका प्रदेशसभा सदस्यहरू, कुन प्रदेशबाट को–को छन् ?

काठमाडौं । नेकपा (एमाले)ले सातै प्रदेशबाट समानुपातिकतर्फ निर्वाचित हुने प्रदेशसभा सदस्यहरूको नामावली निर्वाचन आयोगमा बुझाएको छ । शनिबार पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको चौधौं बैठकले आयोगमा बुझाएको बन्दसूची भित्रबाट निर्वाचित हुने सदस्यहरूको नामावली पठाएको हो ।

मंसिर ४ मा भएको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ एमलेले ९१ सिट जितेको छ । जसअनुसार प्रदेश १ मा २५ जना, मधेश प्रदेशमा १५ जना, बागमतीमा १३ जना, गण्डकीमा १२ जना, लुम्बिनीमा १८ जना, कर्णालीमा ५ जना र सुदूरपश्चि प्रदेशमा ३ जना निर्वाचित भएका छन् ।

यसैगरी समानुपातिकतर्फ एमालेले ७० सिट जितेको छ । जसअनुसार प्रदेश–१ मा १५ जना, मधेश प्रदेशमा ८ जना, बागमतीमा–१४ जना, गण्डकीमा–१० जना, लुम्बिनीमा ११ जना, कर्णालीमा ५ जना र सुदूरपश्चिममा–७ जना निर्वाचित हुनेछन् । निर्वाचनमा समानुपातिकतर्फ सर्वाधिक मत प्राप्त गरेकोमा एमालेले सबैलाई धन्यवाद दिएको छ ।

दलहरूले बुझाएका उम्मेदवारहरूको क्लस्टर अनुसार समावेशी भए नभएको बारे छानविन सुरू गरेको छ । समावेशी नमिलेमा नामावली सच्याउनका लागि आयोगले सोमबारसम्मको समयसीमा दिएको प्रवक्ता शालीराम शर्मा पौडेलले जानकारी दिएका छन् । उनका अनुसार दलहरूले पठाएका उम्मेदवारहरू बन्दुसूची अनुसार भएनभएकोबारे छानविन गरी सच्याउनका लागि आइतबार नै पत्रचार गर्ने तयारी गरेको छ ।

यी हुन् एमालेबाट निर्वाचित हुने प्रदेश सभा सदस्यहरू

सुदूरपश्चिम प्रदेश

खसआर्य
राजेन्द्र सिंह रावल–कञ्चनपुर
धर्मराज पाठक–कैलाली
महिला
सन्तोष कुमारी शर्मा (थापा)–कैलाली
जानकी एयर बम–बैतडी
निर्मला देवी साउद –डोटी (पिछडिएको क्षेत्र)
थारु
कोइलीदेवी चौधरी–कैलाली
दलित
पुरुष
हिरा सार्की–कञ्चनपुर
कर्णाली प्रदेश
खसआर्य
पुरुष
कलबहादुर हमाल–हुम्ला (पिछडिएको क्षेत्र)
महिला
दक्षिणा शाही–कालिकोट
तुलसा मल्ल–रुकुम पश्चिम
आदिवासी जनजाती
नन्दा गुरुङ–सुर्खेत
दलित
गमता बि.क–दैलेख (पिछडिएको क्षेत्र)
लुम्बिनी प्रदेश
खस आर्य
पुरुष
गिरीधारीलाल न्यौपाने–कपिलवस्तु
महिला
जानकी न्यौपाने–रुपन्देही
बसन्ती न्यौपाने–बाँके
आदिवासी जनजाती
महिला
सरिता पुन–रुकुम पूर्व
यमुना रोका–रोल्पा
थारु
महिला
सीता शर्मा चौधरी–दाङ
भगवतीकुमारी थरुनी–रुपन्देही
दलित
महिला
इन्द्राकुमारी गहतराज–पाल्पा
रेखा कुमारी शर्मा–दाङ
मधेसी
शान्ति लोध–रुपन्देही (अल्प संख्यक)
मुस्लिम
सायरा बानो–बाँके
गण्डकी प्रदेश
खसआर्य
पुरुष
कृष्णप्रसाद पाठक–बाग्लुङ
प्रकाश बहादुर केसी–कास्की
महिला
यशोदा रिमाल–लमजुङ
देवका पहारी (त्रिपाठी)–कास्की
आदिवासी जनजाती
पुरुष
लीलबहादुर थापा मगर–बागलुङ
महिला
बिना थापा–बागलुङ
निर्मला थापा–स्याङ्जा
राज कुमारी भुजेल–कास्की (अल्प संख्यक)
दलित
पुरुष
गोविन्द बहादुर नेपाली–बागलुङ
महिला
नन्दकला दमै–कास्की

बाग्मती प्रदेश
खसआर्य
पुरुष
दिनेशचन्द्र देवकोटा–काठमाडौं
हरि प्रसाद सापकोटा–चितवन
महिला
भारती पाठक–मकवानपुर
अप्सरा चापागाई (घिमिरे)–ललितपुर
माया कुमारी कार्की–रामेछाप
आदिबासी जनजाती
पुरुष
आनन्द कुमार श्रेष्ठ–रामेछाप
ज्ञान बहादुर तामाङ–काभ्रे
ठूला थामी–दोलखा
महिला
विन्दु श्रेष्ठ–काठमाण्डौ
माईली तामाङ्ग–सिन्धुपाल्चोक
सुकुमाया तामाङ्ग–सिन्धुली
सकुन्तला श्रेष्ठ (राजभण्डारी)–भक्तपुर
उर्मिला सुनुवार–दोलखा (अल्प संख्यक)
दलित
बालकुमारी विश्वकर्मा–काठमाडौ
मधेस प्रदेश
आदिवासी जनजाती
मञ्जुकुमारी थापा मगर–बारा
दलित
पलटी देवी महरा–धनुषा
मधेसी
पुरुष
जयचन्द्र प्रसाद पटेल–रौतहट
महिला
पल्टी देवी यादव–धनुषा
फुलो कुमारी देवी–धनुषा (अल्पसंख्यक)
विना देवी शर्मा–पर्सा (अल्पसंख्यक)
शिला यादव–धनुषा
मुस्लिम
नाजिमा खातुन–धनुषा

प्रदेश १
खसआर्य
महिला
शीला दीक्षित कार्की–मोरङ्ग
तारादेवी ढकाल–झापा
निरादेवी खनाल (आचार्य)–सुनसरी
गीता देवी रेग्मी–उदयपुर
आदिवासी जनजाति
महिला
सृजना दनुवार–उदयपुर (अल्पसंख्यक)
कमला थापा मगर–झापा
मिना श्रेष्ठ–सुनसरी
सृजना राई–भोजपुर
मालति कुमारी लिम्बु–मोरङ्ग
लहरुमाया जिमी (याक्खा)–सुनसरी (अल्पसंख्यक)
पुरुष
नम्बरलाल धिमाल–झापा (अल्पसंख्यक)
थारु
ललिता कुमारी चौधरी–मोरङ्ग
दलित
कमला दर्नाल–तेह«थुम
मधेसी
गीता रानी महतो–मोरङ्ग
मुस्लिम
नुरशादी वेगम–मोरङ्ग