NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको ज्यान गयाे

कीर्तिपुर । कीर्तिपुरमा स्कूल बसको ठक्करबाट एकजना सशस्त्र प्रहरीको ज्यान गएको छ ।

ठक्करबाट २९ वर्षीय सुवास चन्द्र रतेलाको ज्यान गएको प्रहरीले जनाएको छ । कीर्तिपुर नगरपालिका ६ स्थित सशस्त्र प्रहरी गण अगाडिको मुल सडकमा बसले ठक्कर दिएको हो ।

बल्खुबाट चोभार तर्फ गइरहेको स्कुलबसले उनलाई ठक्कर दिएर घाइते भएका थिए । घाइते भएका रतेलालाई तत्काल उपचारका लागि बयोधा अस्पताल पुर्याएको थियो ।

उनको उपचारका क्रममा अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।