NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

सवारी साधनको यान्त्रिक अवस्थाको जाँचमा कडाई

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको मेलम्ची सडकखण्डमा चल्ने सवारी साधानको यान्त्रिक अवस्था जाँचमा ट्राफिक प्रहरीले कडाई गरेको छ ।

ठिक अवस्थामा नभएका सवारी साधन चलाउदा हुने दुर्घटनालाई कम गर्न सिन्धुपाल्चोक ट्राफिक प्रहरीले जाँचमा गर्दै आइरहेको छ ।

ट्राफिक प्रहरीले मेलम्चीस्थित बजार एरियामा सबैखाले दुई प्राङग्रे तथा चार पाङग्रे सवारी साधानको अवस्था ठीक भए नभएको हेर्ने कार्यलाई निरन्तरता दिइरहेको छ ।

सवारीको विलबुक, लाइसेन्स हेर्ने मात्र नभई सवारी साधानको अवस्था थाहा पाउन मिस्त्री सहित राखेर ट्राफिक प्रहरीले जाँच गर्दै आइरहेको  छ ।