NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

आन्तरिक राजस्वका कर्मचारी हौं भन्दै ठगी गर्ने ८ जना पक्राउ

काठमाडाैं । बसपार्क क्षेत्रका होटल र पसलबाट आन्तरिक राजस्व कार्यालयका कर्मचारी हौं भन्दै रकम असुली गर्ने ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाँचथरकी सृजना भट्टराई, कन्चनपुरका राजीव विष्ट र डेविड धामी, अछामका सागर जंग लुहार र दूधकला वि.क, पुर्वी नवपरासीका मीनबहादुर वि.क, सिन्धुपाल्चोककी प्रमिसा तामाङ र नुवाकोटकी अञ्जना तामाङ रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुको कोठाबाट आन्तरिक राजस्व कार्यालको जस्तै स्टाम्प, रसिद, परिचयपत्र र लेटरप्याड भेटिएको प्रहरीले जनाएके छ ।

उनिहरु विरुद्ध अहिलेसम्म ४ जना व्यवसायीले लिखित जाहेरी दिएका छन् । सोही आधारमा प्रहरीले मंसिर २३ गते उनिहरुलाई पक्राउ गरको हो ।