NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

अनुशासनका लागि खेलकुद अपरिहार्य : मन्त्री पौडेल

गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले मानव समाजमा अनुशासन कायम राख्नका लागि खेलकुद अपरिहार्य हुने बताएका छन्र ।

निजी विद्यालयको छाता सङ्गठन प्याब्सन कास्कीद्वारा आयोजित १७औँ प्याब्सन स्पोर्टस मिटको आज पोखरामा उद्घाटन गर्दै उनले शिक्षा विना समाज विकासको परिकल्पना गर्न नसकिए झै समाजमा अनुशासन कायम गर्न र स्वास्थ्यका लागि खेलकुदको विकास आवश्यक भएको बताएका हुन ।

मुलुकको अग्रगामी विकासका लागि शिक्षाको सुधार आवश्यक रहेको बताउँदै मन्त्री पौडेलले शिक्षासँगै सीपको विकास र अध्ययनलाई रोजगारसँग जोड्नुपर्ने बताए ।

भविष्यका लागि पनि शिक्षण पद्धतीलाई सुधार गर्नुपर्नेमा जोड दिँदै उनले शिक्षाको विकासका लागि सबैको सहकार्य, सहयोग र हातेमालोको आवश्यक रहेको बताए ।