NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने

काठमाडौं । सिभिल बैंकको मोबाइल बैंकिङ एप चलाउँदा नेपाल टेलिकमले शुल्क नलिने भएको छ ।

यससम्बन्धी सिभिल बैंक लिमिटेड र नेपाल टेलिकमबीच यस विषयमा सम्झौता भएको छ । सम्झौतापत्रमा सिभिल बैंकका तर्फबाट चिफ विजिनेस भोलाबहादुर बिष्ट र नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यवसायिक अधिकृत संगिता अर्यालले हस्ताक्षर गरे ।

सो सम्झौतापत्र अनुसार २०७९ पौष १ गते देखि नेपाल टेलिकमको मोबाईल सेवा प्रयोगकर्ताहरुले डाटा अन गरी सिभिल बैंकको मोबाईल बैंकिङ एप मार्फत फन्ड ट्रान्सफर, क्यूआर पेमेन्ट लगायत अन्य फिचरहरुको उपयोग गर्दा कुनै पनि शुल्क लाग्ने छैन ।

नेपाल राष्ट्र बैंकको विद्युतीय माध्यममार्फत कारोबार गर्न प्रोत्साहन गर्ने नीति बमोजिम सिभिल बैंकले आफ्नो ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै यो सम्झौता गरेको हो ।

सिभिल बैंकको साढे चार लाख भन्दा बढी मोबाईल बैंकिङ एपका प्रयोगकर्ताहरु यस सम्झौतापत्रबाट प्रत्यक्ष लाभान्वित हुने कुरा सिभिल बैकका चिफ विजिनेस भोला बहादुर बिष्टले बताए ।

हालसम्म ९५.२४ अर्व निक्षेप संकलन गरि करिव ८७.०८ अर्व ऋण लगानी गरेको सिभिल बैंकको ११५ शाखा, १३ वटा एक्सटेन्सन काउण्टर तथा १०२ एटिए मार्फत सेवा प्रदान गर्दै आएको छ ।