NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मुक्तिनाथ जाने बाटोमा सीसी क्यामरा जडान

काठमाडाैं । जोमसोम मुस्ताङको बारागुङ मुक्तिक्षेत्र १ का ४ गाउँमा  सीसी क्यामरा जडानको काम सुरु गरिएको छ ।

हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको साझा धार्मीक स्थल मुक्तिनाथको रानीपौवा बजारक्षेत्र, झारकोट, खिङ्ला र लुप्रा गाउँका लागि १३ वटा सीसी क्यामरा जडानको काम सुरु गरिएको हाे ।

गाउँपालिकाको चालु आर्थिक वर्षमा वडाको बिनियोजित ५० लाख बजेटमध्यबाट अत्याधुनिक सीसी क्यामरा जडान गर्न वडाले रकम छुट्याएको थियाे ।

पछिल्लो समय मुक्तिनाथ क्षेत्रमा बढ्दै गएको आन्तरिक तथा बाह्य पर्यटनलाई अझ सुरक्षित बनाउन र थप सुदृढ पार्न पालिकाले सीसी क्यामरा जडान गर्न थालेको हो ।