NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मलेसियामा एकै दिन १२ सय भन्दा बढी कोरोना संक्रमित

क्वालालम्पुर । मलेसियामा बुधबार मध्यरातसम्म एक हजार दुई सय ४१ जना थप व्यक्तिमा कोभिड–१९ संक्रमण भेटिएपछि कुल संक्रमितको संख्या ५० लाख १३ हजार सात सय २४ पुगेको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ ।

ती मध्ये तीनवटा आयातित केसहरू रहेका र एक हजार दुई सय ३८ जना स्थानीय नै भएको मन्त्रालयको वेबसाइटमा जारी गरिएको तथ्याङ्कले जनाएको छ ।

यस समयमा कोरोना संक्रमणको कारण थप छ जनाको मृत्यु भएपछि कोरोनाबाट भएका कुल मृतकको संख्या ३६ हजार सात सय ८४ पुगेको छ ।

यस अवधीमा एक हजार पाँच सय ६७ जना कोरोना मुक्त भएपछि कोभिड–१९ मुक्त भएकाहरुको कुल संख्या ४९ लाख ५९ हजार सात सय २५ पुगेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष