NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाडौं । काठमाडौंको स्वयम्भूमा पर्यटक बसको ठक्करबाट मोटरसाइकल चालक २२ वर्षीय निर्मल लामाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१५ स्वयम्भू ठूलो भ-याङस्थित सडकमा बा १ प ७६३ नं को पर्यटक बस र बागमती प्रदेश ०२-०१८ प ४९४० नंको मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक सिन्धुलीका लामाको आज बिहान मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका लामाको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा मृत्यु भएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

दुर्घटनामा सङ्लग्न पर्यटक बसलाई भने प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रवक्ता भट्टले बताए ।