NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

मुद्राप्रदाय १ प्रतिशतले बढ्यो

काठमाडाैं । आर्थिक वर्ष २०७९/८० को चार महिनामा विस्तृत मुद्राप्रदाय १.० प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त मुद्राप्रदाय १.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा विस्तृत मुद्राप्रदाय ६.४ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा/नोक्सान समायोजित) २० अर्ब ३ करोड (१.८ प्रतिशत) ले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति रु.१५० अर्ब ३८ करोड (११.३ प्रतिशत) ले घटेको थियो । समीक्षा अवधिमा सञ्चित मुद्रा २.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ८.७ प्रतिशतले घटेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा सञ्चित मुद्रा ०.२ प्रतिशतले घटेको छ ।

कुल आन्तरिक कर्जा

आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल आन्तरिक कर्जा २.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही

अवधिमा उक्त कर्जा ५.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा यस्तो कर्जा १०.५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी २.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो दावी ९.४ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७९ कात्तिक मसान्तमा मौद्रिक क्षेत्रको निजी क्षेत्रमाथिको दावी ६.० प्रतिशतले बढेको छ ।

के हो मुद्रा प्रदाय ?

कुनै अर्थतन्त्रमा निश्चित समयविन्दुमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पुर्ण तरल सम्पतिको योगफललाई मुद्रा प्रदाय  भनिन्छ । यस अन्तर्गत मुख्यतः सर्वसाधारणसंग भएको नगद तथा बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप पर्दछन् ।