NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

भाइबरको नयाँ फुटबल टक्स सेग्मेन्टले किरन चेम्जोङ र अभिनभ जोशीलाई फिचर गर्दै

काठमाडौं । निजी र भ्वाइस बेस्ड कम्युनिकेसनमा विश्वकै अग्र स्थानमा रहेको राकुटेन भाइबरले आफ्नो आधिकारिक च्यानल फुटबल उत्सवमा हुने फुटबल टक्सका लागि विख्यात नेपाली फुटबल खेलाडी किरन चेम्जोङ र स्पोर्ट्स कमेन्टेटर अभिनभ जोशीसँग साझेदारी गरेको छ।

यसैवर्ष सार्वजनिक गरिएको फुटबल च्यानल फुटबलबारे यस्तो केन्द्रस्थल हो, जहाँ नेपाली फुटबल प्रेमीहरूले खेलहरूमा संलग्न हुन, अन्य फुटबल प्रेमीहरूसँग अन्तरक्रिया गर्न र प्रोफेसनल फुटबल खेलाडी, खेलकुद पत्रकार र म्याच कमेन्टेटरहरूको प्रतिक्रियाहरू हेर्न सक्ने छन्।

च्यानलका सदस्यहरूले एआर लेन्स, फुटबल(आधारित स्टिकर र गेमको रोमाञ्चकतालाई अझ मसालेदार बनाउन च्याटबटहरूको मज्जा लिन सक्ने भाइबरले जनाएको छ।

चेम्जोङ र जोशीले विशेषगरी हुन लागेको फुटबल गेमहरूको बारेमा आफ्ना राय र विचार प्रस्तुत गर्नेछन्। यस्तै, चेम्जोङले फुटबलबारे च्यानलमार्फत् सोधिएको र राखिएको जिज्ञासा र प्रश्नहरूको प्रतिकृया दिनेछन्।

भाइबर प्रयोगकर्ताहरूका लागि आकर्षक पुरस्कारहरूको पनि व्यवस्था मिलाइएको छ। जसअन्तर्गत, भाग्यशाली फ्यानहरूले चेम्जोङलाई भेट्न र स्टार खेलाडी अनिल गुरुङसँग फुटसल म्याच खेल्ने अवसर पनि प्राप्त गर्नेछन्। यसबारे थप जानकारी च्यानलमा सार्वजनिक गरिने भाइबरले जनाएको छ। प्रयोगकर्ताहरूले फुटबल टकको नयाँ एपिसोडहरू डिसेम्बर १५ र १७ गते नेपाली समय दिउँसोको २ बजे हेर्न सक्नेछन्।

यस नयाँ अभियानसँगै पहिलेबाट भइरहेको बटमा प्रेडिक्ट एण्ड वीन नामक अभियान जसअन्तर्गत शीर्ष मेम्बरहरूले साप्ताहिक पुरस्कार जित्नका साथै म्याचबारे सही प्रेडिक्सन गरी नवीन डिस्ट्रीब्यूटरमार्फत् हाइसेन्सको टिभी जित्ने मौका पाउन सक्नेछन्। फुटबलप्रति नेपाली फुटबल फ्यानहरूको झुकावलाई सम्बोधन र हौसला प्रदान गर्नका निम्ति एपले लिएको यो अर्को जीवन्त उदाहरण भनिएको छ।