NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ७ गते

फरार सुचीमा रहेका नेहाका ससुरा अदालतमा

काठमाडाैं । घरेलु हिंसा र दोइजो विरुद्ध बुहारीले मुद्दा दर्ता गराएपछि फरारको सुचिमा रहेका नेहा चौधरीका ससुरा रामप्रवेश चौधरीले उच्च अदालतमा मुद्दा दर्ता गराएका छन् ।

विहिबार दिउँसो नेहाका ससुरा अदालतमा हाजिर भइ पक्राउन परेका छोरा पंकजलाई थुना मुक्त गराउन बन्दी प्रतक्षीकरणको मुद्दा दर्ता गराएका हुन । उनले मुद्दा उच्च अदालत जनकपुरमा दर्ता गराएका हुन ।

नेहाले परिवारका ६ जना विरुद्ध मुद्दा दायर गरेको भए पनि प्रहरीले नेहाका श्रीमानलाई मात्रै पक्राउ गरेको छ ।

फरार सुचीमा रहेका अरु अभियुक्तलाई पनि पक्राउको माग राख्दै नेहाले आन्दोलन गर्दै आएकी थिइन ।