NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

सर्लाहीमा गोली चल्दा १ जना गम्भीर घाइते

काठमाडाैं । शुक्रबार साँझ सर्लाहीको रामनगरमा गोली प्रहार हुँदा एक जना गम्भिर घाइते भएका छन् । घाइते हुनेमा रामनगर गाउँपालिका ६ मा का  स्थानीय सुरेश साह रहेकाे प्रहरीले जनाएकाे छ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मामाको छोरासँग लेनदेनको विषयमा विवाद बढेपछि साह माथि गोली प्रहार भएको हो । घटना स्थलबाट प्रहरीले मामाका छोरा रामप्रवेश साहसँगै २ जनालाई प्रहरीले नियन्त्तणमा लिएको छ ।

घाइते सुरेश सशस्त्र प्रहरीमा काठमाडौंमा कार्यरत रहेको अनुसन्धानबाट खुल्न आएको छ । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार हुँदै छ ।