NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ८ गते

महालक्ष्मी विकास बैंकले १०.४७ प्रतिशत लाभांश दिने

काठमाडौं । महालक्ष्मी विकास बैंकले लाभांश घोषणा गरेको छ । बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट १०.४७ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।

जसमा बोनस ४ र कर प्रयोजनसहित ६.४७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।