NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १३ गते

हस्ताक्षर र्कीते गरेर ७० लाख निकाल्दा महामन्त प्रहरी फन्दामा

काठमाडाैं । हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीबाट प्रहरीले  एक जना महामहन्तलाई पक्राउ गरेको छ ।

रुपन्देहीका सहायक  प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालको हस्ताक्षर कीर्ते गरेको आरोपमा महोत्तरीकाे मटिहानी मन्दिरका महामहन्त जगरनाथ दासलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

महामहन्तमाथि रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप रहेकाे छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज विहानै पक्राउ गरी महामहन्तलाई रुपन्देही पठाइसकेको छ ।