NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ११ गते

नवनिर्वाचित सांसद र उम्मेदवारको भेला गर्दै एमाले

काठमाडाैं । नेकपा (एमाले) ले नवनिर्वाचित प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य तथा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको भेला आह्वान गरेको छ ।

एमालेले मङ्गलबार कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानका निर्वाचित सांसदलाई संसदीय भूमिका प्रशिक्षित गराउनका लागि भेला आयोजना गरेको एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

उनले पार्टीले सङ्घीय संसद् तथा प्रदेशसभामा खेल्नुपर्ने भूमिका, पार्टी दोस्रो भए पनि पार्टीले खेल्नुपर्ने भूमिका बारेमा नवनिर्वाचित सांसद र उम्मेदवारलाई जानकारी गराइने बताए।

उनका अनुसार भेलामा प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित सांसद तथा दुवै सभातर्फका प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचन परिचालन कमिटीका सदस्यको सहभागी हुनेछ । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

एमालेले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ४४ वटा र समानुपातिक ३४ गरी कूल ७८ सिट प्राप्त गरेको छ । प्रदेशमा प्रत्यक्ष ९१ र समानुपातिक ७० सिटमा विजय प्राप्त गरेको छ ।