NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ६ गते

सुरूङमा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु

काबुल । राजधानीको उत्तरी भागमा अवस्थित एक सुरूङमा इन्धन बोकेको एउटा ट्याङ्कर विष्फोट हुँदा १७ जनाको मृत्यु भएको छ भने अन्य ३२ जना घाइते भएका छन् ।

स्थानीय अधिकारीहरूका अनुसार विष्फोटनमा परेर महिला र बालबालिकासहित १९ जनाको ज्यान गएको तथा बाँचेकाहरू भग्नावशेषमा फसेकाले मृतकको सङ्ख्या बढ्नसक्ने संभावना छ । विष्फोटको कारणबारे तत्काल कुनै जानकारी प्राप्त भएको छैन ।

केही मृतकहरू नराम्ररी जलेकाले उनीहरूको पहिचान हुन सकेको छैन । पाँच जना महिला र दुई जना बालबालिकाको शव घटनास्थलबाट निकालिएको छ । शनिबार राति विष्फोटसँगै लागेको आगो आइतबारमात्र निभाइएको थियो ।