NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १२ गते

सरकार बनाउने विषयमा एमालेसँग छलफल जारी छ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनमा जानुअघि नै आलोपालो प्रधानमन्त्रीको समझदारी भएको दाबी गरेका छन् ।

प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि सोमबार पहिलोपटक गृह जिल्ला चितवन पुगेका उनले पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीको जिम्मेवारी आए पछि नहट्ने बताए ।

‘शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने बेलामा जनादेश आइसकेपछि आलो पालो प्रधानमन्त्री बनाउने विषयमा पाँच दलबीच सहमति भएको थियो । लिखित सहमति भएको होइन, मौखिक सहमति भएको पक्कै हो’, उनले भने ।

गठबन्धन भित्रैबाट सरकार बन्नुपर्नेमा कुनै विमति नरहेपनि सरकार बनाउने विषयमा एमालेसँगपनि छलफल जारी रहेको उनले बताए ।